News

  • Landslide Stone

    गुडिरहेको यात्रुबाहक बसमाथि ढुंगा बज्रिँदा ५ जनाको मृत्यु

    नुवाकोट, आषाढ २४ । नुवाकोटको ककनीमा यात्रुबाहक बसमाथि ठूलो ढुंगा बज्रिँदा ५ जनाको मृत्यु भएको छ । नुवाकोटको देउराली गाविसबाट काठमाडौं जाँदै गरेको बा२ख २८४१ नम्बरको यात्रुबाहक बस बिहीबार ककनी गाविसको वडा नम्बर–१ सिस्नेरीमा आइपुग्दा माथिबाट ढुंगा खसेको हो । ढुंगाले च्यापिएर मृत्यु हुनेहरुमा बसका चालक रसुवा भोर्लेका प्रतिमान विक, हरेराम बस्नेत र राजु नेपाल रहेका छन् । अन्य दुईजनाको सनाखत हुन सकेको छैन । बसमा सवार अन्य ५ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको प्रहरी नायव उपरिक्षक अरुणकुमार पौडेलले जानकारी दिए । चारजनाले भने बसबाट हाम्फालेर ज्यान जोगाउन सफल भएका थिए । ढुंगाले बस च्यापिएपछि नुवाकोट–काठमाडौं सडक–खन्ड केहीबेर अवरुद्ध बनेको थियो ।

    Click Here For More Details

  • Earthquake

    'पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम'

    रेबेक्का मोरेल विज्ञान संवाददाता, बीबीसी न्युज : पश्चिम नेपालदेखि भारतको दिल्लीसम्मको भूभागमा भविष्यमा एउटा ठूलो भूकम्प आउन सक्ने खतरा बढेको वैज्ञानिकहरुले चेतावनी दिएका छन्। नयाँ तथ्याङ्कहरुले गत बैशाख महिनामा नेपालमा गएको विध्वंशकारी भूकम्पमा पृथ्वीमुनि सञ्चित सबै तनाव निस्कन नसकेको र त्यो पश्चिमतर्फ सरेको उनीहरुले जनाएका छन्। नेचर एण्ड साइन्स नामक जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखमा वैज्ञानिकहरुले त्यस्तो चेतावनी दिएका हुन्। तर उनीहरुले उक्त भूकम्प कुन परिमाणको हुनेछ र कहिले आउनेछ भनेर चाहिँ भन्न नसकिने बताए।

    Click Here For More Details